नेपालगन्ज १२ असार : नेपाल प्रेस युनियनको १३ औं महाधिवेशनको तयारी तिव्र पारिएकोछ ।
आगामी साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनको मिति नजिकिदै गर्दा युनियनले आफ्नो तयारी तिव्र पारेको हो ।
निर्धारित समयमै भब्य र सभ्यरुपमा युनियनले आफ्नो महाधिवेशन सम्पन्न गर्ने संकल्प लिएकोछ । यसअघि युनियनको महाधिवेशन पटक–पटक स्थगित हुँदै आएको थियो ।
नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतको उपस्थितिमा बसेको युनियनको केन्द्रिय सचिवालय, पूर्व अध्यक्षहरु र वरिष्ठ पत्रकारहरू सम्मलित आईतबारको बैठकले आगामी साउन ६ र ७ गते हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
काँग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको युनियनमा यसअघि दुई समूहले अलग–अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको सहमतिमा मिति र स्थान तय भएकोले महाधिवेशन हुने विश्वास युनियनका नेताहरूले गरेका छन् ।
युनियनको आठौं महाधिवेशन २०७१ भदौमा पोखरामा भएको थियो । त्यसलगत्तै बाँकेको नेपालगन्जमा ९ औं महाधिवेशन गर्ने भन्दै यसअघि तयारी गरिएको थियो । तर, कोरोना संक्रमणको कहर र तयारी पुरा नभएपछि स्थगित भएको थियो ।