नेपालगन्ज १३ असार : स्थानीय समुदायको समस्यालाई स्थानीय सरकारले सम्बोधनका लागि पहल गरेको छ ।
बर्दिया बढैयाताल गाउँपालिकाले स्थानीयस्तरमा नागरिक समाजले उठान गरेका सार्वजनिक सवाललाई सम्बोधन गर्दै आएको र सम्बोधन नभएका सवाललाई आगामी दिनमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ ।
नागरिक समाजले उठाएका शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णसंग सम्वन्धित सवाललाई पहिचान गरि समाधान गर्ने बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले प्रतिबद्धता ब्यक्त गरे ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले गरेको साझा सभामा बोल्दै अध्यक्ष त्रिपाठीले आफु पालिकाको अध्यक्षमा निर्वाचित भईसकेपछि परियोजना सञ्चालन भएका क्षेत्रमा पुगेर अनुगमन गर्दा पालिकाले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै त्यसलाई पुर्णता दिने बताए ।
सभामा स्थानीय समुहका पदाधिकारीले उठाएका स्थानीय समस्याका बारेमा लागि पहल गर्ने बताइएको छ । सभामा उपाध्यक्ष लक्ष्मी अधिकारी, कार्यपालिका सदस्य चन्द्रकला विक, नागरिक अभियन्ता देवकमल पौडेल, स्थानीय सभाका संयोजक हरिबहादुर घर्ति लगायतले आफ्ना धारणा राखेका थिए ।
संस्थाका कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले सञ्चालन गरेको सभामा जनप्रतिनिधी, कर्मचारी, स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । सो अवसरमा मानव अधिकारको दृष्टिकोणले सूचना प्रर्णाली व्यवस्थापनका बारेमा अभिमुखीकरण गर्दै समिक्षा गरिएको थियो ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी