किसानलाई मल उपलब्ध गराउन माग


किसानलाई मल उपलब्ध गराउन माग

नेपालगन्ज १४ असार : जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले खेतीपातीको समयमा किसानहरुले मलखाद नपाउनु ठुलो समस्या भएकाले यसको तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रमुख चौधरीले जिल्लाको समग्र विकास र सवालका लागि समन्वयको भुमिका प्रभावकारी बनाउने भन्दै स्थानीय तहसंगको नजिकको सम्बन्ध राखी योजना तथा कार्यको अनुगमन गरि सरोकारवाला निकायलाई खबरदारी गर्ने बताए ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जले आज मंगलबार गरेको साझा सभामा बोल्दै प्रमुख चौधरीले सभामा डुडुवाको विकास योजनाका बारेमा उठेका सवाललाई सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता गर्दै प्रदेश र केन्द्रस्तरबाट पनि ठुला योजना तथा कार्यक्रमका लागि पहल गर्ने बताए ।

सभामा डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले स्थानीयले उठाएका समुदायका समस्यालाई समाधान गर्ने प्रतिबद्धता गर्दै जनताका समस्या भएमा प्रत्यक्ष स्थानीय सरकारसमक्ष राख्न अनुरोध गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

सभामा डुडुवाका योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी केसी, कृषि शाखा प्रमुख शुसिल शर्मा, स्थानीय समुदायका अगुवा भागीरथी चन्द, भवानी बोहरा, गैसस बाँकेका सदस्य सुर्यलाल यादव, हेमा थापा, उदयराज जायसवाल लगायतले स्थानीय सवाल र सरोकारवाला निकायको भुमिका बारे धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन कार्यक्रम संयोजक रविन्द्र कुमार ज्ञवालीले गरेका थिगए । कार्यक्रममा विकास निमार्णका योजना, जिर्ण संरचनाको मर्मत सम्भार, शिक्षा स्वास्थ्य लगायतका सवालहरुको सम्बोधनका लागि बाँके डुडुवाबासीले आग्रह गरेका थिए ।