बाँकेका काँग्रेस नेताले प्रधानमन्त्री देउवालाई भेटे


बाँकेका काँग्रेस नेताले प्रधानमन्त्री देउवालाई भेटे

नेपालगन्ज १६ असारः बाँकेस्थित काँग्रेस नेता एवम् नेतृहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले केन्द्रिय सभापति समेत रहेका देउवालाई भेटघाट गरेका हुन् ।

नेपाली काँग्रेसका पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बाँकेका काँग्रेस नेता एमब नेतृहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

सो भेटघाटका क्रममा समसामयिक राजनीति, जिल्लाको अवस्था, भर्खरै सम्पन्न स्थानीय चुनावको नतिजा, आगामी चुनावका विषयमा छलफल भएको नेपाली काँग्रेस बाँकेका प्रबक्ता डिल्ली गिरीले बताए । त्यसक्रममा सभापति देउबाले स्थानीय चुनावमा काँग्रेसले बाँकेमा पाएको अभूतपूर्व सफलताको प्रशंसा गरेको गिरीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

भेटघाटका क्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निर्वतमान उपसभापति फुलाराम थारु, महासमिति सदस्य द्रोपदी ओली, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रवक्ता डिल्ली गिरी, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापामगर लगायतको सहभागिता रहेको थियो ।

काठमाडौंमा रहेका सभापति गौडेल सहितको टोलीले केहीदिन यता काँग्रेस नेता लगायत विभिन्न ब्यक्तिलाई भेट गरिरहेको छ ।