मानव धर्म सेवा समितिद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


मानव धर्म सेवा समितिद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

नेपालगन्ज १६ असार : नेपाल मानव धर्म सेवा समिति भेरी–राप्ती क्षेत्र नेपालगन्जले विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेकोछ ।

शिक्षा अभियान अन्तर्गत नेपालगन्ज –२० मनिकापुर नयाँवस्ती स्थित श्री राम जानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

चोैलानी पुस्तक पसल कारकाँदोले उपलब्ध गराएको झोला र स्टेशनरी लगायतका शैक्षिक सामग्री विद्यार्थीलाई प्रदान गरिएको हो ।

नेपाल मानव धर्म सेवा समिति भेरी–राप्ती नेपालगन्जका म. चादना बाइजीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० का वडाध्यक्ष कौैशलकुमार धोबी, विद्यालयका प्रधानाध्यापक भावना शाह, म. संगिता बाइजी, नवराज सापकोटा, राजकुमार योगी र मोहन चन्दको उपस्थिती रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा बोल्ने वक्ताहरुले मानव धर्म भेरी अञ्चलको संक्षिप्त परिचय, मानव धर्मको शिक्षा अभियानको परिचय लगायतको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा वडाध्यक्ष धोबीले विद्यालयलाई सहयोग गरेकोमा नेपाल मानव धर्म समिति र सहयोगी दातालाई धन्यवाद दिएका थिए ।