बाँके काँग्रेस सभापतिको गुटगत राजनीति : ‘महाधिवेशनको तुष’ मेट्न स्पष्टिकरण

उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी राखेन, उपहार स्वरुप स्पष्टीकरण सोधियो’ : सह–सचिव थारु


बाँके काँग्रेस सभापतिको गुटगत राजनीति : ‘महाधिवेशनको तुष’ मेट्न स्पष्टिकरण

नेपालगन्ज २० असार : नेपाली काँग्रेस बाँकेका सह–सचिव विनोद थारुले बाँके काँग्रेस सभापति ‘गुटगत’ राजनीति गरिरहेको आरोप लगाएकाछन् । काँग्रेस बाँकेका सह–सचिव विनोद थारुले आफूलाई स्पष्टीकरण सोधेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै यस्तो आरोप लगाएका हुन् ।

नेपालगन्जमा आईतबार पत्रकार सम्मेलन नै गरेर सह–सचिव थारुले स्थानीय तहको निर्वाचनमा आफूले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको, तर आफुलाई पुर्वाग्रही रुपले स्पष्टीकरण सोधिएको दावि गरे ।

‘हालै सम्पन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काँग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएसंगै विधान विपरित गरिएका निणर्यप्रति गम्भीर असहमति जनाएकै कारण स्थानीय निर्वाचानमा काँग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै मलाई स्पष्टिकरण सोधियो’ पत्रकार सम्मेलनमा सह–सचिव थारुले भने–‘सभापतिले पार्टीमा गुटगत राजनीति गर्ने, मनपरी विधानविपरितका निर्णय गर्दै जादाँ मैले विरोध गरेकै कारण ममाथि महाधिवेशनको ‘तुष’ मेट्न स्पष्टिकरण सोधियो ।’

उनले भने, ‘जिल्ला सभापति नारायणप्रसाद गौडेलले निर्वाचनको मुखमा विधान विपरित गरेका निणर्यप्रति गम्भीर असहमति जनाएकै कारण ममाथि अहिले पूर्वाग्रही राखी निराधार आरोप लगाउँदै स्पष्टीकरण सोध्न खोजिएको मेरो ठम्याई रहेको छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

उनले भने, ‘जिल्ला सभापतिले आफ्नो अनुकुल मनोनित गरेको जिल्ला कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति, अनुशासन समिति, जिल्ला संसदिय समिति, प्रेस सल्लाहकार नियुक्ति जस्ता विषय नै छानविनमा रहेको र अझै टुंगो नलागेको अवस्थामा अनुशासन समितिको नाममा स्पष्टीकरण सोध्ने निणर्य वैधानिक छैन ।’

पार्टीले आफुलाई क्षेत्र नम्बर–३ मा अनुगमन र प्रचार संयोजक बनाएर पठाएको स्मरण गराउँदै थारुले भने–‘मेरो लगनशीलता, अनुसाशन र कठोर परिश्रमले जानकी र बैजनाथमा अध्यक्ष र उपाध्यक्ष तथा खजुरा गाउँपालिकामा पार्टीले गठबन्धनबाट उपाध्यक्ष जिते । काँग्रेसका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी राखेन, उपहार स्वरुप स्पष्टीकरण सोधियो ।’

‘निर्वाचनमा इमान्दारीपूर्वक आफ्ना आधिकारिक उम्मेदवारलाई निर्वाचित गराउन दिनरात नभनेर पुर्याएको योगदानको अवमूल्यन गर्दै मलाई पूर्वाग्रही ढंगले स्पष्टीकरण सोध्ने भनी गरेको निर्णयप्रति स्तब्ध एवम् दुःखी भएको छु,’ सहसचिव थारुद्वारा जारी विज्ञप्तीमा भनिएको छ । पार्टीले पूर्वाग्रही ढंगले आफूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको भन्दै उनले आपत्ती समेत जनाए ।

‘पार्टीले स्पष्टिकरण सोधेको विषयमा प्रेस मिट गरेर आफ्नो धारणा बाहिर ल्याउने काँग्रेसकै ईतिहासमा पहिलो ब्यक्ति म हुँ’ थारुले अगाडी थपे–‘काँग्रेसको विधि र सिद्धान्त मान्ने ब्यक्ति हुँ, विपीबादलाई अगालेको ब्यक्ति हुँ तर, पार्टी विधान र सिद्धान्त विपरितका कार्यमा म चुप लागेर बस्न सक्दिन यसको विरोध गरिरहन्छु ।’

आफूमाथि काँग्रेस बाँकेले पूर्वाग्रही ढंगबाट स्पष्टिकरण सोधेको विषय नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाँके, लुम्बिनी प्रदेश कार्यसमिति र काँग्रेस केन्द्रिय कार्यसमितिमा जानकारी गराएको बताउँदै कुनै पनि हालतमा काँग्रेसको राजनीतिबाट आफू विचलित नहुने पत्रकारको जिज्ञासा मेटाउँदै उनले बताए ।

‘प्रदेश र संघीय निर्वाचनको मुखमा पूर्वाग्रही ढंगले स्पष्टिकरण सोधिनु विडम्बना हो । यसको निराकरण तटस्थरुपमा छलफलका माध्यमले गरिनुपथ्र्यो तर, त्यसो गरिएन’ सह–सचिव थारुले बताए ।

कार्यक्रममा बाँके क्षेत्र नम्बर १ ‘क’ सभापति लक्ष्मण थारुले जिल्ला सभापति गौडेलले पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाए । उनले गौडेलले आफूखुसी पार्टी चलाएको दावी गरे । ‘सभापति गौडेलको यस्ता कार्यले काँग्रेस नेता तथा कार्यकर्ता निराश भएकाछन् । आफ्नो गल्ति सच्चाउने अझैं समय छ । नत्र यसले ठूलो क्षति ल्याँछ’ क्षेत्रीय सभापति लक्ष्मणले बताए ।

यस्तै उक्त पत्रकार सम्मेलनमा सहभागि स्पष्टिकरण सोधिएका कोहलपुर नगरपालिका वडा नम्बर–३ का क्रियाशील सदस्य अर्जुन तिवारीले आफू निर्दोष हुँदासमते काँग्रेस बाँकेका सभापति गौडेलले पूर्वाग्रही ढंगबाट छानिछानि स्पष्टिकरण सोधेको बताए ।

‘पार्टी सभापति गुटगत राजनीनिती गरिरहनु भएकोछ’ तिवारीले अगाडी थपे ‘म काँग्रेस बाँके सभापति गौडेल कै वडाबासी हुँ, २०७४ को निर्वाचनमा ४ भएको काँग्रेस यो चुनावमा करिब ६ सय बढि मतले तेस्रो भयो । यो सांगठनिक असहयोग हो म एक्लो कसरी दोषी भए ।’

नेपाल प्रजातान्त्रिक युवा संघ बाँकेका अध्यक्ष केसर घर्तीले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा दुई दर्जन बढि काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै काँग्रेस बाँकेको अनुशासन समितिले थारु सहित १ सय ४ जनालाई नेता तथा कार्यकर्तालाई केहीदिन अघि मात्र स्पष्टीकरण सोधेको थियो ।