राप्तीसोनारी (बाँके) २१ असार : राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभाले न्यायिक समिति गठन गरेको छ । राप्तीसोनारी गाउँपालिका २ अगैयामा मंगलबार सम्पन्न भएको सभाको तेस्रो बैठकले गठन गरेको हो ।
स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने कानूनी व्यवस्था छ । सभाले उपाध्यक्ष मनिषासिंह थारुको संयोजकत्वमा राप्तीसोनारी– ५ का वडासदस्य शेरबहादुर बिक र वडा नम्बर ८ का सदस्य सुशीला बिकको नाम बहुमतले स्वीकृत गरेको हो ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको सभाध्यक्षतामा बसेको बैठकले आर्थिक विधेयक र विनियोजन विधेयक २०७९ पनि सर्बसम्मत रुपमा पारित गरेको थियोे ।
उक्त सभामा सभाका सदस्य एवम वडाअध्यक्ष मिनराज खड्का, लवराज खरेल, सोहनलाल थारु तथा सभाका सदस्य एवम वडा सदस्य भरत बुढाथोकी लगायतले बोलेका थिए ।
उक्त सभा यही असार १० गतेबाट सुरु भएको थियो । त्यसपछि असार १० गते सभाको दोस्रो बैठक पुनः बसेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ न्यायिक कार्य सम्बन्धी व्यवस्थाको दफा ४६ देखि ५३ ले न्यायिक समितिबाट निरुपण हुने विवादको बारेमा स्पष्ट गरेको छ ।
न्यायिक समितिले विवादको निरुपण मूलतः निर्णय र मेलमिलापको माध्यमबाट गर्नुपर्ने हुन्छ । समितिले विवादको कारबाही किनारा गर्दा निवेदनको दर्ता, आवश्यक जाँचबुझ र कारबाही, म्याद तामेली, पक्षहरूको उपस्थिति, मिलापत्र लगायतका कार्यविधिहरू स्थानीय कार्यविधि बमोजिम हुने व्यवस्था ऐनको दफा ४९ मा छ । स्थानीय तहले अलग्गै कानून बनाउनुपर्ने भए पनि सबै पालिकाले कानून बनाउन नसकेको अवस्था छ ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी