नेपालगन्ज २२ असार : महिलाका सबै समस्या समाधान गर्न घरभित्रैबाट श्रीमानको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ ।
श्रीमानको विना अनुमती महिलाले कुनै पनि कार्य गर्न नसक्ने र घर तथा बाहिर सबै तनावको रिस महिलामाथी बर्सने भएकाले महिला संधै पीडित भएर बसिरहनु पर्ने अवस्था रहेको औल्याइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज बुधबार गरेको सुशासन र महिला सशक्तिकरण सम्बन्धी अनुशिक्षणका सहभागि महिलाहरुले पुरुषले आफ्नै घरबाट महिलामाथीको हिंसा अन्त्य गर्न व्यवहार परिवर्तन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सहभागि महिलाहरुले आफुहरुलाई निर्णय गर्न नदिने, आर्थिक हिसाब किताबको जिम्मेवारी नदिने, जहिले पनि दबाएर राख्ने, अरुको रिसमा कुटने, विभिन्न किसिमका दबाब दिने जस्ता वास्तविक कुराहरु सुनाएका थिए ।
कार्यक्रममा वडाध्यक्ष नन्दकिशोर कहारले मधेशी समुदायका महिलाहरुमा जागरुकताको अभावमा विभिन्न समस्या सहनुपरेको भन्दै महिलाहरुको सशक्तिकरणको आवश्यकता रहेको बताए । उनले वडाका महिलाहरुको क्षमता अभिबृद्धि गर्न विशेष कार्यक्रम ल्याएर सशक्तिकरणमा सहयोग पु¥याउने प्रतिबद्धता गरे ।
कार्यक्रममा अधिबक्ताहरु सुदीप भट्टराई, पुनम श्रेष्ठ, रविन्द्र कुमार ज्ञवाली र लक्ष्मी तिवारीले सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, वडा अन्र्तगत महिलाहरुको सहभागिता रहेको थियो ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी