नेपालगन्ज २४ असार : नेपाल प्रेस युनियनका उप–महासचिव एवम् नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष प्रेम केसीलाई मातृ शोक परेको छ । उनकी आमा सरस्वती केसीको ७० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।
केही समयदेखी मधुमेह रोगको उपचार गराइरहेकी उनको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा शुक्रबार बिहान साढें ८ बजेतिर निधन भएको हो । उनको आजै दिउँसो २ बजे बाँकेको कम्दीस्थित राप्ती नदीको सिधनियाघाटमा अन्त्येष्टी गरिनेछ ।
यसैबीच युनियन उप–महासचिव केसीलाई मातृशोक परेको प्रति नेपाल प्रेस युनियन बाँके शाखाले स्तब्ध भएको जनाएको छ ।
युनियन बाँकेका सचिव विजय मल्लले शुक्रबार(आज) एक शोक वक्तब्य जारी गर्दै यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् ।
साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि वक्तब्यमार्फत समवेदना प्रकट गरिएको छ ।
