नेपालगन्ज २४ असार : गाउँपालिकाले प्रवाह गर्ने सेवा पहुँच भन्दा पनि नियम संगत रुपमा हुने राप्तीसोनारी गउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताएका छन् ।
राप्तीसोनारी गाउँपालिकाको आयोजना, प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग तथा बास नेपालको सहजिकरणमा आज गाउँपालिका परिसरमा सम्पन्न सार्वजनिक सुनुवाईमा आम गाउँपालिकाबासिहरुका बिच अध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।
उनले गाउँपालिका भित्र हुने हरेक कार्यक्रमहरु गुणस्तरीय हुनेमा शंका नगर्न अनुरोध गर्दै गुणस्तरीय काम नगर्नेले सेवा नपाउने बताए । पालिकाले पारदर्शीता र जवाफदेहिता प्रबद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो ।
सरोकारवाला र गाउँपालिका बासिहरुका बिचमा झण्डै दुई घण्टा भएको दोहोरो प्रस्नोत्तरपछि गउँपालिकाको समग्र विकासका बिषयमा ६ बुदें साझा प्रतिबद्धता घोषणा गरिएको छ ।
यसरी गरिएका प्रतिबद्धताहरुमा बेरोजगार युवाहरुलाई लक्षित गरि सीपमुलक तालिम सञ्चालन गर्ने र व्यवसाय सञ्चालन गर्न चाहने युवाहरुलाई उत्कृष्ट योजनाका आधारमा अनुदानको ब्यवस्था गर्ने, आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक बजेट पूर्ण रुपमा खर्च हुन नसकेको पाईएकाले विनियोजित बजेट शतप्रतिशत खर्च गर्ने गरी समयमा नै पारदर्शी रुपमा सम्पन्न गर्ने साथै लक्षित बर्ग उत्थान कार्यक्रमलाई प्रभावकारी र पारदर्शीरुपमा सञ्चालन गर्ने, वडा नम्बर–२ मा सञ्चालित निर्माणाधिन बाटोको काम प्रभावकारी नभएको भन्ने गुनासो आएकाले यथासक्य योजनाको अनुगमन गर्ने, पालिकाको सूचना प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन सूचना शाखालाई प्रभावकारी बनाउने साथै आम नागरिकसम्म सूचना पु¥याउन विविधता अपनाउने, हाल गाउँपालिकमा सञ्चालित योजनाहरुमा प्राविधिक त्रुटी देखिएको, योजनाको फिल्ड अनुगमन विना नै फच्छ्र्यौट हुने गरेको भन्ने गुनासो आएकाले प्रभावकारी फिल्ड अनुगमनको प्रतिबेदनपछि मात्रै फच्छ्र्यौटका लागि सिफरिस गर्ने प्रतिबद्धता गरिएको छ ।
यसरी गरिएका प्रतिबद्धताहरुमा गाउँपालिका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डांगी, वडा अध्यक्षहरुयम बहादुर खड्का, मिनराज खड्का, झगरु थारु, लवराज खरेल, रामलखन थारु, सालिकराम क्षेत्री, कार्यपालिका सदस्यहरु केशबराज दमाई, राधिका सुनार, शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।
बासका निर्देशक हेमराज भट्टले स्वागत तथा सुनुवाइको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको शुरुवातमा गाउँपालिकाले गरेका कामहरु तथा आगामी योजनाका बारेमा गाँउपालिका अध्यक्ष पौडेलले जानकारी गराएका थिए ।
बासका श्रोत व्यक्ति मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा २०० बढीको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईको रेडीयो भुवरभवानी एफएमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।