ज्ञानोदय पुस्तकालयको दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः भट्टराई विजयी


ज्ञानोदय पुस्तकालयको दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः भट्टराई विजयी

नेपालगन्ज २५ असार : बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा चेतकान्त भट्टराई पुनः निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो ।

निकै नै रस्साकस्सीकाबीच भएको निर्वाचनमा भट्टराईले फराकिलो मतान्तरमा जित हाँसिल गरेका हुन् ।

‘स्वतन्त्र समावेशी समुह’ का उम्मेदवार भट्टराईले निर्वाचनमा कुल ३ सय २७ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद भुसालले २ सय ७६ मत प्राप्त गरे ।

यसैगरी एमालेको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका डोलराज अर्याल कुल ५५ मत पाउँदै तेस्रो स्थानमा समेटिए ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रको उपाध्यक्षमा नेपाली काँग्रेसका मणीप्रसाद गैरे ४ सय २६ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी विजय पुडासैनीले २ सय ३३ मत प्राप्त गरे ।

यसैगरी सचिवमा पनि काँग्रेसकै एकराज शर्मा ३ सय ४१ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी निर्मल आचार्यले २ सय ९९ मत प्राप्त गरे ।

पुस्तकालयको सहसचिवमा काँग्रेसकी गीतादेवी शर्मा, सदस्यमा स्वतन्त्र समावेशी समुहका रविन्द्रप्रसाद सुवेदी, काँग्रेसका चुरामणी ढकाल, शर्मिला मल्ल, विनिता शर्मा र पतिराम थारु निर्वाचित भएका छन् ।

कुल ९ सय ३० मतदाता रहेकोमा शनिबार सम्पन्न मतदानमा ७ सय मत खसेको थियो । भने निर्वाचनमा ११ मत बदर भएको थियो ।