वर्षा वनिन् ‘सोसल टिन हिरो’


वर्षा वनिन् ‘सोसल टिन हिरो’

नेपालगन्ज २६ असार : नेपालगन्जकी वर्षा शर्मा सोसल टिन हिरो बनेकी छन् । सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्व इभेन्टस् प्रालिले आयोजना गरेको उक्त अवार्ड शर्मालाई शनिबार आयोजित एक समारोहमा प्रदान गरियो ।

यस्तै उक्त अवार्ड अन्र्तगत आयोजित अन्य विधामा पब्लिक इन्फ्लुएन्सर अवार्ड प्राची गुप्ताले पाएकीछन् भने पब्लिक भ्युवर चोइस अवार्ड नियती शाहीले पाइन् ।

योसंगै सोसल टिन हिरो अवार्ड विजेता शर्माले प्रमाणपत्र, ट्रफीसहित नगद १० हजार हात पारेकीछन् । भने पब्लिक इन्फ्लुएनसर अवार्ड र पब्लिक भ्युवर चोइस अवार्ड विजेताद्वय गुप्ता र शाहीले प्रमाणपत्र, ट्रफीसहित नगद ५÷५ हजार हात पारेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुलाई नेतृत्वका प्रमुख चलाउने, सोसल युथ अवार्ड–२०२२ की पब्लिक इन्फ्लुएन्सर अवार्ड विजेता सिमरन शाह, नेतृत्वका प्रोजेक्ट हेड सागर क्षेत्रीले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

आयोजक नेतृत्वका प्रमुख सुरेन्द्र चलाउनेका अनुसार असार पहिलो साताबाट सञ्चालित इभेन्टमा जिल्लाका एक सय जना प्रतियोगिले सहभागिता जनाएका थिए । सोक्रममा कक्षा १० सम्मका किशोरकिशोरीलाई सहभागिता गराइएको र अडिसनबाट छानिएका २० जना किशोरकिशोरीलाई उपाधीका लागि प्रतिस्प्रर्धा गराइएको थियो ।

सो अवसरमा उत्कृष्ट २० मा समावेश किशोरकिशोरीलाई १० दिनको फिल्ड कार्य, प्रशिक्षण, समुह कार्य, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रशिक्षित गरिएको थियो ।

नेतृत्वका प्रमुख चलाउनेले सामाजिक उत्तरदायित्व र प्याड बैंक स्थापनार्थ सोसल टिन हिरो अवार्ड आयोजना गरिएको बताए । उनले अवार्डमा नगद राशी जित्ने विजेताबाट केही रकम ‘प्याड बैंक’का लागि लिइनेछ । जिल्लामा विभिन्न प्रकोप, संकट तथा आर्थिक अवस्था कमजोर रहेका किशोरी एवम महिलालाई निःशुल्क प्याड वितरण गर्नका लागि स्थापना गरिएको प्याड बैंक सहयोगार्थ यो इभेन्ट गरिएको बताए ।

अवार्ड वितरण समारोहमा नेतृत्वले यसअघि सम्पन्न गरेको सोसल युथ अवार्ड–२०२२ को पब्लिक भ्युवर चोइस अवार्ड विजेता रिसव बैश्य आफ्नो अनुभव सुनाएका थिए । भने नेतृत्वका प्रोजेक्ट हेड सागर क्षेत्रीले अवार्डका बारेमा प्रष्ट्याएका थिए ।

नेतृत्वका रिदम शाक्य र भूमी ओलीले अवार्ड वितरण समारोह सञ्चालन गरेका थिए । यसअघि पनि नेतृत्वले काठमाण्डौं, सुर्खेत र बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरामा सोसल अवार्ड तथा ट्यालेण्ट हण्ट आयोजना गरिसकेको छ ।