प्याब्सन बाँकेको भवन सञ्चालनमा आयो
नेपालगन्ज २९ असारः निजी तथा आबासीय बिद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) बाँकेले आफ्नो कार्यालय भवन निर्माण गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझामा ‘प्याब्सन शिक्षा मन्दिर’ नाम दिइएको उक्त भवनको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
उक्त भवनको कार्यक्रमका प्रमुख अतिथी एवम् प्याब्सनका केन्द्रिय अध्यक्ष डीके ढुंगानाले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी तथा आवासीय बिद्यालयले नेपालको शैक्षिक अवस्थालाई माथी उठाउन विशेष योगदान दिएको बताए । तर, सरकारले जहिले पनि निजी बिद्यालयलाई फरक दृष्टिकोणले हेर्ने गरेको उनको भनाई छ ।

प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमलाई प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण अधिकारी लगायत केन्द्रिय कार्यसमिति पदाधिकारीले सम्बोधन गरेका थिए ।
सो क्रममा प्याब्सन बाँकेका पुर्वअध्यक्ष राजेन्द्र आचार्य, ऋषिकेश जिसी, डाक्टर राजेशकेशर खनाल, जगत तिमिल्सीना लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो, भने बाँकेमा पहिलो पटक २०३४ सालमा निजी बिद्यालय स्थापना गरेर शिक्षा क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै नेपालगन्जस्थित एञ्जल्स स्कुललाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
प्याब्सनको उक्त भवनमा दुई सय जना अट्ने हल बनाइएको छ । दुई तले भवनमा माथिल्लो तला कार्यकक्षकारुपमा प्रयोगमा ल्याइने बताइएको छ ।
५० लाख लागतमा बनेको शिक्षा मन्दिर उद्घाटन समारोहमा प्याब्सनका राष्ट्रिय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव आरबी कटवाल, जिल्ला शिक्षा समन्वय इकाईका उद्धव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।