नेपालगन्ज २९ असार : बाँकेका कानून व्यवसायी सुनिलकुमार श्रेष्ठसहित १३३ जना कानून व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ ।
सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स प्राप्त गर्ने कानून व्यवसायी छन् ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउने बाँकेका श्रेष्ठ नेपाल बार एशोसियसनका निर्वतमान वरिष्ठ उपाध्यक्ष समेत हुन् । बाँकेबाट उक्त उपाधि पाउने श्रेष्ठ एक्ला अधिवक्ता हुन् ।
यस्तै वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा हाल बाँकेमा रहेका दाङका सुरेशकुमार पौडेलले वरिष्ठ अधिवक्ताको उपाधि पाएकाछन् ।
यसैगरी दाङका विष्णुमणि धिताल, सुर्खेतका ध्रुवकुमार श्रेष्ठ, दैलेखका गोविन्दप्रशाद शर्मा ‘बन्दी’, जुम्लाका देवेन्द्रराज शर्मा, कञ्चनपुरका हिक्मत सिंह भण्डारी, बैतडीका दामोदरप्रसाद जोशी, गुल्मीका डिल्लीराज भण्डारी, लिलाधर मरासिनी, जनकबहादुर बोहरा, अर्घाखाँचीका ईश्वरीप्रसाद भट्टराई, पाल्पाका सरदप्रसाद कोइराला, कैलालीका, प्रयागदत्त भट्ट र रुपन्देहीका सुभाष धितालसहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि पाएकाछन् ।