नेपालगन्ज ३२ असार : मौसममा आएको परिर्वतनले नेपालगन्ज र आसपास क्षेत्रमा समान्य वर्षा भएकोछ ।
करिब दुई सातादेखि वर्षा हुन नसकेको नेपालगन्जसहितको आसपासमा शनिबार दिउँसो भएको हल्का वर्षाले गर्मीबाट आहत भएकालाई राहत दिएकोछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
नेपालको मनसुनमा अल्पकालीन ब्रेक लागेको छ । जसका कारण मनसुनी वायुको प्रभाव घटेसँगै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।