साउन दोस्रो साता एसईई नतिजा


साउन दोस्रो साता एसईई नतिजा

नेपालगन्ज ४ साउन : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साता आउने भएकोछ ।

यसअघि असार अन्तिम साता र साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको छ ।

बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुनः अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस् भनेर हामी नतिजा प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्तामा नतिजा प्रकाशित गर्छौ’ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीको भनाइ छ ।

गत वैशाख ९ गतेदेखि बाट सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् ।