नेपालगन्ज ४ साउन : दाङको तुलसीपुरमा बाटो खन्दा भेटिएका प्राचिन सिक्का काठमाडौं लगिएको छ ।
झण्डै दुई हप्ता अगाडि पुरातत्व विभागका कर्मचारी तुलसीपुर आएर सिक्का बुझेर काठमाडौं लगिएको हो । तुलसीपुर उपमहानगरपालिका–४ मा जेठ ३० गते दिउँसो बाटोको ट्रयाक खन्नेक्रममा सिक्का फेला परेको थियो ।
फेला परेको सिक्काको विवरणसहित बुझेको पत्र दिएर पुरातत्वका कर्मचारी काठमाडौं फर्किएका थिए ।
तुलसीपुर–४ का स्थानीयले भने आफूहरूलाई जानकारी नै नदिई सुटुक्क काठमाडौं पठाएको भन्दै गुनासो गरेका छन् ।
जेठ ३० गते दिउँसो डोजर चालकले कसौडीमा गाडेर राखेको अवस्थामा पाँच सय ३७ थान सिक्काहरू फेला परेका थिए । दुई डोजर चालक बीच भागबण्डा निमल्दा कुरा सर्वाजनिक भएको थियो ।
तुलसीपुर–१५ का २५ वर्षीय सुवासचन्द्र चौधरीले घरमा लगेर राखेका सिक्का असार ४ गते प्रहरीले फेला पारी ल्याएको थियो ।
भेटिएका सिक्का मध्ये चार सय ६१ वटामा श्री ३ लेखिएको छ । ७३ वटा भारतीय छन् । ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन् ।
थप समाचार