बास नेपालद्वारा क्यान्सर पीडितलाई सहयोग


बास नेपालद्वारा क्यान्सर पीडितलाई सहयोग

नेपालगन्ज ९ साउन : बास नेपालद्वारा क्यान्सर पीडित खजुरा रजनहा स्थित रोशनी चमारलाई आर्थिक सहयोग गरिएको छ ।

बिगत एक वर्षदेखि अशक्त भई उपचारको लागि लखनउ मेडिकल कलेजमा उपचार गराईरहेकी रोशनीलाई बास नेपालले उपचार सहयोगार्थ १० हजार सहयोग गरेको हो ।

पीडित रोशनीकी आमा सुनितादेबि चमारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरणमा बास नेपालकी केन्द्रिय अध्यक्ष लुना बुढाथोकी, केन्द्रिय उपाध्यक्ष शिवकुमार बर्मा, निबर्तमान अध्यक्ष रमेश सिटौला, पूर्ब अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सहयोग ग्रहण गरिसके पश्चात छोरीलाई आठ महिनाअघि मात्र क्यान्सर भएको थाहा भएको पीडित रोशनीकी आमा सुनितादेबिले बताईन् ।

उनका अनुसार, छोरीको उपचारको लागि ३० लाख भारु खर्च लाग्नेछ । उनले सहयोगको लागि सबैसँग अपील गरेकी छन् ।