नेपालगन्ज ९ साउन : बास नेपालद्वारा क्यान्सर पीडित खजुरा रजनहा स्थित रोशनी चमारलाई आर्थिक सहयोग गरिएको छ ।
बिगत एक वर्षदेखि अशक्त भई उपचारको लागि लखनउ मेडिकल कलेजमा उपचार गराईरहेकी रोशनीलाई बास नेपालले उपचार सहयोगार्थ १० हजार सहयोग गरेको हो ।
पीडित रोशनीकी आमा सुनितादेबि चमारलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरणमा बास नेपालकी केन्द्रिय अध्यक्ष लुना बुढाथोकी, केन्द्रिय उपाध्यक्ष शिवकुमार बर्मा, निबर्तमान अध्यक्ष रमेश सिटौला, पूर्ब अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।
सहयोग ग्रहण गरिसके पश्चात छोरीलाई आठ महिनाअघि मात्र क्यान्सर भएको थाहा भएको पीडित रोशनीकी आमा सुनितादेबिले बताईन् ।
उनका अनुसार, छोरीको उपचारको लागि ३० लाख भारु खर्च लाग्नेछ । उनले सहयोगको लागि सबैसँग अपील गरेकी छन् ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश