File Photo
नेपालगन्ज १० साउन : निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले लोकप्रिय मत पाउँदै पहिलो दल भएको बताएको छ ।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक मत विवरणमा आयोगले नेपाली काँग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।
आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । आयोगको विवरण अनुसार नेपाली काँग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । काँग्रेसले पाएको मत ३४.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।
माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश