थाल ठटाएर नेपालगन्जमा महँगीविरुद्ध राप्रपाको प्रदर्शन


थाल ठटाएर नेपालगन्जमा महँगीविरुद्ध राप्रपाको प्रदर्शन

नेपालगन्ज ११ साउन : राप्रपाले महँगीविरुद्ध थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजनमा राप्रपाले नेपालगन्जमा थाल ठटाएर प्रदर्शन गरेको हो ।

त्रिभुवनचोकस्थित महेन्द्र पुस्तकालय अगाडिबाट निस्केको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

प्रदर्शनमा पार्टीका महामन्त्री डाक्टर धवलशमशेर राणा, पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेताहरु ओमप्रकाश आजाद, विपिन श्रेष्ठ, इन्दिरा शाही, नन्दलाल वैश्य, सलाउद्दिन जसगढलगायतको सहभागिता रहेको थियो ।

वीरेन्द्रचोकमा पुगेर कोण सभा गरिएको थियो । कोण सभालाई सम्बोधन गर्दै महामन्त्री राणा, जिल्ला अध्यक्ष पौडेल र महिला नेतृ इन्दिरा शाहीले महँगी र भ्रष्टाचारमा लिप्त रहेकाले यो सरकार पूर्णरुपमा असफल भएको बताएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारमा रहेकाहरुलाई श्रीलंकामा जसरी जनताले अपदस्त गर्नुपर्ने उनीहरुले बताएका थिए ।