नेपालगन्ज ११ साउन : राप्रपाले महँगीविरुद्ध थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजनमा राप्रपाले नेपालगन्जमा थाल ठटाएर प्रदर्शन गरेको हो ।
त्रिभुवनचोकस्थित महेन्द्र पुस्तकालय अगाडिबाट निस्केको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
प्रदर्शनमा पार्टीका महामन्त्री डाक्टर धवलशमशेर राणा, पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, नेताहरु ओमप्रकाश आजाद, विपिन श्रेष्ठ, इन्दिरा शाही, नन्दलाल वैश्य, सलाउद्दिन जसगढलगायतको सहभागिता रहेको थियो ।
वीरेन्द्रचोकमा पुगेर कोण सभा गरिएको थियो । कोण सभालाई सम्बोधन गर्दै महामन्त्री राणा, जिल्ला अध्यक्ष पौडेल र महिला नेतृ इन्दिरा शाहीले महँगी र भ्रष्टाचारमा लिप्त रहेकाले यो सरकार पूर्णरुपमा असफल भएको बताएका थिए ।
सरकारमा रहेकाहरुलाई श्रीलंकामा जसरी जनताले अपदस्त गर्नुपर्ने उनीहरुले बताएका थिए ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश