डुडुवामा बृहत वृक्षारोपण


डुडुवामा बृहत वृक्षारोपण

डुडवा (बाँके) १३ साउन : नेपाली काँग्रेसका नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम गरि सम्झना गरिएको छ ।

स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नम्बर–२ बाँकेले डुडुवा गाउँपालिकामा बृक्षारोपण तथा स्मृति सभा गरेको छ ।

डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको प्रांगणमा बृहत बृक्षारोपण गरिएको हो । विभिन्न प्रजातीका करिब ५ सय विरुवा एक कार्यक्रमका विच विहीबार रोपिएको नेपाली काँग्रेस डुडुवा गाउँपालिका सभापति विजय कुमार यादवले बताए । उनका अनुसार नवनिर्मित कार्यालय परिसरमा सेवाग्राहीहरुका लागि छहरी र हरियाली वाताबरण तयार गर्न बृक्षारोपण गरिएको हो ।

बृक्षारोपणपछि आयोजित सभामा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपीको चिन्तन विचारबाटै अगाडी बढेकाले उनको विचार चिन्तनलाई सबै कार्यक्रताले व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेसको विचार र कार्यशैली अरुभन्दा फरक भएको र देशको विकासका लागि एक मात्र पार्टी भएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका कन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, निवर्तमान सभापति किरण कोईराला, जिल्ला सचिव सुधाम्सु कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो लगायत सैयौ कार्यक्रता तथा स्थानीयहरुको उपस्तिथी रहेको थियो ।