
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने बताएका छन् । सत्तारुढ राष्ट्रिय जनता पार्र्टी नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला अध्यक्ष दाहालले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले उत्पीडित वर्ग, जाति र समुदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिँदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे । बिहिबार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै अध्यक्ष दाहालले उत्पीडित समुदाय र सहिदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढ्न पनि सम्बन्धित पक्षलाई आह्वान गरे ।
अध्यक्ष दाहालले उपेक्षित समुदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दावी गरे ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?