खजुरा र राप्तीसोनारीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत


खजुरा र राप्तीसोनारीमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत

नेपालगन्ज १५ साउन : बाँकेको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हालेकाछन् ।

खजुरा गाउँपालिकामा नृपराज उपाध्याय र राप्तीसोनारी गाउँपालिकामा हरिबहादुर खत्रीले कार्यभार सम्हालेका हुन् । दुबै पालिकाले आईतबार एक कार्यक्रमकाबीच नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेकाछन्।

सल्यानको कालिमाटी गाउँपालिकाबाट राप्तीसोनारी गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले स्वागत गरेका हुन् ।

अध्यक्ष पौडेलसहित गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, लेखा अधिकृत गौरव कुमार लामिछाने लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले नयाँ प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई स्वागत गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

स्वागत कार्यक्रममा अध्यक्ष पौडेलले कर्मचारी र जनप्रतिनिधि बीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताए । जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध नङ र मासु जस्तै भएको उल्लेख गर्दै उनले कर्मचारीलाई जनप्रतिनिधिले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताए ।

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत खत्रीले आफू राप्तीसोनारीमा कार्यरत रहँदासम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले जनप्रतिनिधि र आफ्ना सहकर्मी कर्मचारीसँग मिलेर काम गर्ने बताए । अध्यक्ष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न स्वागत कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

यस्तै जाजरकोट निर्वाचन कार्यालयका कार्यालय प्रमुखबाट बाँकेको खजुरा गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायलाई गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तथा उपाध्यक्ष मञ्जु मल्लले स्वागत गरे ।

अध्यक्ष विक र गाउँपालिका उपाध्यक्ष मल्ल वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोका, वडा नम्बर ५ का वडा अध्यक्ष गरिवे सेख, कार्यपालिका सदस्य तथा अन्य कर्मचारीहरुले नयाँ प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई स्वागत गरेका थिए ।

स्वागत गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष विकले समग्र खजुराको विकास गर्ने सवालमा सकारात्मक भई कार्य सम्पादन गर्नेमा विस्वास ब्यक्त गरे । अध्यक्ष विकले कर्मचारी र जनप्रतिनिधि विचको सम्बन्ध एकै परिवार विचको सम्बन्ध हुने भएकाले सबैको मन जित्ने गरि काम गर्न निर्देशन दिए ।

उपाध्यक्ष मञ्जु मल्लले स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृतले खजुराको अवस्थालाई बुझेर स्थानीय सरकारलाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गरिन् ।

गाउँपालिकाको स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले आफु नीति नियममा रहेर गाउँपालिकाको कार्य सम्पादन गर्ने बताए । सहकार्य समन्वय गरेर गाउँपालिकाको हित हुने कार्य आफ्नो कार्यकालमा हुनेमा उनले विश्वास दिलाए ।

कर्मचारीहरुले पनि आफ्नो पदीय जिम्मेवारी लगनशिलताका साथ पुरा गर्न आग्रह गर्दै काम गर्ने कर्मचारी आफ्नो सबैभन्दा नजिकको हुने उल्लेख गरे ।

प्रमुख प्रशाकीय अधिकृत उपाध्यायले आज नै गाउँपालिकामा रहेका विभिन्न शाखाका शाखा प्रमुखहरुसंग बैठक बसि पालिकाको बस्तुस्थिती बारेमा जानकारी लिएको योजना अधिकृत दिल बहादुर केसीले जानकारी दिए ।