एनपिएल तेस्राे संस्करण

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीको सानदार सुरुवात


सेतोखरी सेतोखरी   १७ घण्टा अगाडि
सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीको सानदार सुरुवात

नेपालगन्ज। नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सानदार सुरुवात गरेको छ। पहिलो इनिङमा १७.२ ओभरमै अलआउट भएको सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको झिनो लक्ष्यलाई लुम्बिनीले ९.५ ओभरमै भेटायो। त्यसका लागि लुम्बिनीको ३ विकेट क्षति भयो। 

लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। जसमा डार्सी सर्टले सर्वाधिक ४० र आसिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए। यसअघि गत संस्करणको फाइनलमा पनि लुम्बिनीसँग सुदूरपश्चिम हारेको थियो।

प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा मध्याह्न १२ बजे विराटनगर किङ्स र चितवन राइनोज तथा दोस्रोमा बेलुका ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।