आजदेखि एनपिएलकाे तेस्राे संस्करण
एनपिएलको दोस्रो संस्ककरणको लिगचरण खेल्दासम्म लुम्बिनी लायन्समाथिको आशा लगभग निभिसकेको थियो। तर अन्तिम तीन खेलमा कप्तान रोहितले एउटा चामत्कारिक रणनीति तय गरे। त्यहाँबाट एकाएक टप्किएको लुम्बिनी लायन्स आखिरमा एनपिएल दोस्रो सिजनको च्याम्पियन बनेर निस्कियो।
लगभग निभिसकेको आशाको दीयोलाई अन्तिममा लुम्बिनीले ट्रफी उचालेरै उभराइदियो।
आजदेखि कीर्तिपुरको मैदानमा एनपिएलको तेस्रो संस्करण सुरु हुँदैछ। तेस्रो संस्करणसम्म आइपुग्दा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा समेत भव्य ‘चार्म’ ल्याइसकेको यो एनपिएलमा लुम्बिनीका लागि च्याम्पियनको साख जोगाउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ। अर्कोतिर अन्तिममा लुम्बिनीसँग पराजित भएर उपबिजेता बनेको सुदूरपश्चि रोयल्सलाई भने बदलाभावले पिरोलेको छ। ऊ जसरी भए पनि त्यो ‘अन्तिम पराजय’को बदला लिन चाहन्छ।
रोचक त के छ भने आजदेखि सुरु हुने एनपिएलको उद्घाटन खेलमा नै ‘लायन्स’ र ‘रोयल्स’को भीडन्त हुँदैछ। त्यसका लागि दुबैले आफ्नो तयारीलाई निकै भव्य बनाएका छन्। प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने यो संस्करणको एनपिल ओपनिङ खेल त्यसको भव्यतासँगै अझ रोचक पनि छ- साविकको बिजेता र उपबिजेताबीचको घमासान।
उद्घाटन खेल हेर्नका लागि टिकट बुकिङ खुलेको लगभग आधाघण्टामै सोल्डआउट भइसकेको थियो। त्यसमा पनि उद्घाटन समारोहका गतिविधिले अझ यो पहिलो खेलमा रोमाञ्चकता थप्नेछ।
एनपिएलको पहिलो सिजनमा लुम्बिनी लायन्स पुछारको हैसियतमा थियो। दोस्रो सिजनमा पनि सानदार कमब्याक गरेको लुम्बिनीका लागि आफ्नो त्यो ट्रफी जोगाउनु ठूलो चुनौती हो। अर्कोतिर पहिलो सिजनमा ट्रफीका लागि निकै संघर्ष गरेको सुदूरपश्चिम रोयल्सलाई फाइनल खेलमा जनकपुर बोल्ट्सले मैदानमा पछारिदियो। दुईपटकसम्मै अन्तिममा पछारिएको सुदूरले यसपालि जसरी पनि त्यो ट्रफी कब्जा गर्ने दाउमा छ।
लुम्बिनी लायन्सको स्वामित्व फर्च्यून हेल्थ केयरले लिएको छ। यसका अध्यक्ष ईश्वर जिसी हुन् भने त्यसको व्यवस्थापनमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा छिन्। उनि उक्त हेल्थकेयरको सञ्चालक पनि हुन्।
यस्तो छ लुम्बिनीको टोली:
रोहितकुमार पौडेल कप्तान
सन्दीप जोरा
शेर मल्ल
दिलिप नाथ
दिनेश अधिकारी
अभिशेष गौतम
तिलक भण्डारी
आसिफ शेख
आकाश त्रिपाठी
दुर्गेश गुप्ता
किशोर महतो
अरनिको यादद
अजय चौहान
डार्सी सर्ट
निरोशन डि कवेला
रुबेन ट्रम्पेलम्यान
शमीम हुसेन
टीम सुदूरपश्चिम रोयल्स
दीपेन्द्र सिं ऐरी (कप्ता न)
विनोद भण्डारी
आरिफ शेख
इशान पाण्डे
अविनाश बोहरा
हेमन्त धामी
हिक्मत महरा
दीपक बोहरा
मिलन बोहरा
टेक रावत
आयुष चन्द
अनिल खरेल
सचिन भट्ट
टेकराज ठटाल
सइफ जैब
स्कट कुग्गेला इन
ब्रान्डन म्या कमुलेन
शेरफेन रदर फोर्ड
लायन्स र राेयल्सका राेचक भेट : लुम्बिनीलाई ताज जाेगाउने चुनाैती, बदलाकाे रणनीतिमा सुदूरपश्चिम
बाँकेका सांसद खगेन्द्रको फेरि ‘इन्कारी स्पष्टीकरण’, छानबिन झन् जटिल र लामो हुने
डुडुवाले राप्तीमा जबर्जस्ती उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको विरोध
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते