मेयर विष्टको आकस्मिक निरीक्षण :

नेपालगन्जका सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनुगमन


नेपालगन्जका सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनुगमन

नेपालगन्ज १८ साउन : नेपालगन्ज उप–महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनुगमन थालेको छ ।

नगरप्रमुख प्रशान्त विष्ट गत सातादेखि आकस्मिक रुपमा विद्यालयहरुको अनुगमनमा निस्कने गरेका छन् ।

बुधबार शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा सहित नगरप्रमुख विष्टले बसुदेपुरस्थित जगतज्योती माध्यामिक विद्यालय, महाराजा माबि पुरैना र नेपालगन्जको जय बागेश्वरी माध्यामिक विद्यालयको अनुगमन गरे ।

जगतज्योती माविमा नियमित पठन–पाठन राम्रो देखिएपनि विद्यालयमा प्राचार्य ईश्वर पौडेल सहित हाजिर रजिष्ट्ररमा अनुपस्थित ५ जना शिक्षकहरुलाई गयल गर्दै टोलीले समयमै विद्यालयमा पुगेर हाजिर गर्न निर्देशन दिएको छ ।
यसैगरी महाराजा माविमा विद्यार्थी र शिक्षकहरु कोठा बाहिर फेला पारेपछि अनुगमन टोलीले नियमित पठनपाठनका लागि निर्देशन दिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

संस्थागत विद्यालयको रुपमा पहिलो पटक जय बागेश्वरीबाट टोलीले अनुगमन थालेको हो । सोक्रममा नगर प्रमुख विष्ट सहितको टोलीले विद्यालयको विभिन्न विषयको जानकारी लिएको थियो ।

टोलीले शौचालय सहित भौतिक अवस्था र छात्रवृत्तिका विषयमा जानकारी लिएको थियो । नगरप्रमुख विष्ट र शाखा प्रमुख थापा सम्मिलित अनुगमन टोलीले तीनवटै विद्यालयका विद्यार्थी तथा शिक्षकसँग समेत प्रत्यक्ष परामर्श गरेको थियो ।

नगरको सुधारका लागि शिक्षामा विशेष जोड दिइएको भन्दै नगरप्रमुख विष्टले शैक्षिक सुधार भएपनि अन्य क्षेत्रमा सुधार देखिने भएकाले शिक्षामा विशेष प्राथमिकता दिइएको बताए ।

उनले अनुगमन जुनसुकै समयमा र जुनसुकै विद्यालयमा पनि हुन सक्ने बताए ।

अनुगमनलाई निरन्तरता दिदँै विद्यालयहरुको आवश्यक सुधारका लागि पनि क्रमशः पहल गरिने नगर प्रमुख विष्टले बताए ।

गतसातादेखि सुरु भएको अनूगमनका कारण सामुदायिक विद्यालयमा सकारात्मक प्रभाव पारेको देखिएको छ । नगरप्रमुख विष्टले आफुले बाल्यकालमा अध्ययन गरेको सामुदायिक विद्यालय महेन्द्र मावि र संस्थागत विद्यालय जय बागेश्वरीबाट अनुगमन सुरु गरेका हुन् ।

थप समाचार

मेयर विष्टको आकस्मिक निरीक्षण : एमपी र महेन्द्रका शिक्षकलाई कारबाही गरिने