नेपालगन्ज १९ साउन : नेपालगन्ज उप–महानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा अनुपस्थित भएको पाइएको छ । अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहीबार उप–महानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनुगमन गरेका हुन् ।
अनुगमन गर्दा शाखा अधिकृतसहित ३२ जना कर्मचारीहरुले हाजिरी नगरेको पाइएको हो । यद्यपी शाखा अधिकृत को–को हुन् भन्ने बारे उपमहानगरले नाम खुलाएको छैन ।
नगरप्रमुख विष्टका अनुसार विहान १०.२० बजे हाजिरी रजिष्ट्रर छड्के गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरु मध्ये अधिकांश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् । यसैगरी पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको हो ।
नगरप्रमुख विष्ट सहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिती जनाउन निर्देशन दिएको छ । पहिलो चरणमा हाजिरी छड्के गरेको नगरप्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनुगमन गर्ने जनाएको छ ।
नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहीबार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनुगमन गरेको हो ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश