प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते


प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते

नेपालगन्ज १९ साउन : नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरणमा संघीय संसद र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकले चुनावको मितिबारे सहमति गरेको थियो । बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो ।

योसंगै अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ । मतदानको दिन आईतबार परेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो । यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो । २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो ।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ ।