नेपालगन्ज १९ साउन : नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउने मंसिर ४ गते एकै चरणमा संघीय संसद र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको हो ।
यसअघि बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकले चुनावको मितिबारे सहमति गरेको थियो । बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो ।
योसंगै अबको १०८ दिनपछि नेपालमा संसदीय चुनाव हुने भएको छ । मतदानको दिन आईतबार परेको छ ।
यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो । यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो । २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो ।
प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश