नेपालगन्ज २० साउन : शहरी क्षेत्रको घनाबस्ती रहेका नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– ३ र ७ का सवै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने भएको छ ।
उपमहानगरपालिकाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र युनिसेफको साझेदारीमा दुबै वडाका एक हजार एक सय घरहरुमा गई विपद्का दृष्टिकोणबाट जोखीमयुक्त संरचना रहे नरहेको बारेमा सर्वेक्षण हुनेछ ।
आज शुक्रबार भएको समन्वय बैठककमा सर्वे बारेमा जानकारी गराइएको थियो । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राइ, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरख बहादुर थापा, रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना समेतको उपस्थितिमा भएको समन्वय बैठकमा २३ वटै वडाका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
शहरी विपद् तथा भूकम्पीय पूर्वत यारी परियोजना अन्र्तगत जोखीम युक्त घरहरुको पहिचान गरी नगरभित्र विपद् पूर्व तयारी गरी संरचना निमार्ण गर्न पहल गर्ने उद्देश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको विपद् फोकल पर्सन प्रकाश डिसीले बताए ।
रेडक्रस बाँकेका सभापति सम्झनाले उपमहानगरपालिकासंगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखीम न्यूनिकरणमा उल्लेख्य भूमिका निभाउने विश्वास व्यक्त गरे ।
वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिर प्रताप सिंहले घरहरुको जोखीम पहिचान भैसकेपछि वीमा कार्यक्रमलाई नगरमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्वबारेमा जानकारी गराएका थिए ।