संघीय निर्वाचन : आजदेखि दल दर्ता शुरु


संघीय निर्वाचन : आजदेखि दल दर्ता शुरु

नेपालगन्ज २२ साउन : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज आईतबारदेखि राजनीतिक दल दर्ता सुरु भएकोछ ।

निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार यही साउन ३१ गते कार्यालय समयसम्म दल दर्ता गराउन पाइनेछ ।

दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रिय कार्यकारीणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रिय स्तर र प्रदेश स्तरको कार्यकारीणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।