नेपालगन्ज २२ साउन : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज आईतबारदेखि राजनीतिक दल दर्ता सुरु भएकोछ ।
निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो ।
आयोगले जारी गरेको सूचना अनुसार यही साउन ३१ गते कार्यालय समयसम्म दल दर्ता गराउन पाइनेछ ।
दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रिय कार्यकारीणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रिय स्तर र प्रदेश स्तरको कार्यकारीणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ ।
दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश