बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु


बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु

बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा निर्माण हुने बाल पार्क (चिल्ड्रेन पार्क)को नक्शा ।

नेपालगन्ज २२ साउन : बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ ।

करिब ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो बाल पार्कको आईतबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे । आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ ।

भवन निर्माणको शिलान्यास गरेपछि नगरप्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गरे ।

Kids Festival 2022
kanti aarogya hospital

करिब ५.५ कठ्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेण्ट, पार्किङ, फुटपाथ, सटरसहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको बाल पार्क र दुई तल्ले रेष्टुरेण्ट निर्माण गरिनेछ । यसको निर्माण सम्पन्न भएपछि बागेश्वरी मन्दिरको सौन्दर्यकरणमा समेत सहयोग पुग्नेछ ।

पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोश्रो चरणको निर्माण कार्य अघि बढाइने प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहराले जानकारी दिए ।