संघीय निर्वाचन : पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता


संघीय निर्वाचन : पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता

नेपालगन्ज २२ साउन : प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गरेकोछ ।

निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन उनीहरुलाई आयोगलेदल दर्ताको लागि आह्वान गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आईतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सुरू गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज(आईतबार) देखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् । दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने छ ।