डुडुवा (बाँके) २२ साउन : डुडुवा गाउँपालिकाको १२औ गाउसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ ।
गाउँपालिका अध्यक्षद्वारा आह्वान गरिएको १२ औँ गाउँसभा बैठकमा नेकमा एमाले र जनता समाजबादी पार्टीबाट निर्वाचि बहुमत सदस्यहरु (२६ जना) अनुपस्थित भएकाले लुम्विनी प्रदेश सरकारको गाउँसभा/नगरसभाको सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को परिच्छेद ३ दफा ७ (१) को प्रावधान बमोजिम १२ औं गाउँसभाको प्रथम बैठक स्थगित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।
उनका अनुसार दिउँसो डाकिएको बैठकमा बहुमत सदस्य उपस्थित नभएपछि साँझ ५ः३० बजे बैठक स्थागित भएको सूचना जारी गरिएको हो ।
सभाको बैठकको जानकारी पाएका डुडुवाका जनताहरुले चासो लिएर उल्लेख्य सहभागिता जनाएका थिए । त्यस अवसरमा उपस्थित भएका गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जनताका हितमा काम गर्ने भन्दै जनताको हितविपरित कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे ।
सभामा पत्रकारहरु समक्ष बोल्दै अध्यक्ष चौधरीले कानून विपरित कुनै पनि निर्णय तथा कार्य नगर्ने भन्दै विपक्षी दलका पदाधिकारीहरु विभिन्न बखेडा झिकेर विवाद गरेको बताए ।
जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नवनाउँदा अनाहकमा जनताले दुःख पाउने भन्दै निकासका लागि अघि बढनुपर्नेमा जोड दिदैँ समस्या समाधानका लागि तत्काल प्रयत्न गर्ने अध्यक्ष चौधरीले बताए ।
गाउँसभा बस्न नसकेपछि गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७९।०८० का वार्षिक नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन । यसले योजना लगायतका कार्यक्रम प्रभावित भएका छन् ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?