नेपालगन्ज २३ साउन :जिल्ला हुलाक कार्यालय बाँकेको आयोजनामा जिल्लामा प्रेश काउन्सिलको बर्गिकरणमा परेका १४ वटा दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रतिनिधीहरुसंग छलफल गरिएकोछ ।
हुलाक कार्यालयमा भएको उक्त बैठकमा सहभागीलाई लोक कल्याणकारी बिज्ञापनको बर्गिकरण, बिज्ञापन प्रकाशन गर्ने तरिका तथा भुक्तानीको लागि विल भरपाई तथा प्रतिवेदन पेश गर्ने तरिकाका सम्बन्धमा हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले जानकारी गराएका थिए ।
यस आर्थिक वर्षमा नेपाल सरकारबाट प्रदान गरिने जनहितका लोक कल्याणकारी बिज्ञापन प्रकाशन गर्न पाउने वर्गिकरणमा दैनिक नेपालगन्ज, कालपृष्ठ प्रदेश ‘क’ वर्गमा, सद्भाव दैनिक र हाम्रो समाचार दैनिक स्थानीय ‘क’ वर्गमा, मिसन टुडे दैनिक प्रदेश ‘ख’ वर्गमा, प्रभात घोषणा दैनिक, लोकप्रीय सन्देश दैनिक, न्यूज यथार्त साप्ताहिक, गुड न्यूज साप्ताहिक, आजको सामना साप्ताहिक, समाज जागरण साप्ताहिक, महिला सञ्चार साप्ताहिक, जनमत अर्ध साप्ताहिक स्थानीय ‘ख’ वर्गमा तथा असलशासन पोष्ट साप्ताहिक स्थानीय ‘ग’ वर्गमा छनोट भएका छन् ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश