आचार्यको अध्यक्षतामा क्रियाशिल पत्रकार समुह पुर्नगठन


आचार्यको अध्यक्षतामा क्रियाशिल पत्रकार समुह पुर्नगठन

नेपालगन्ज २३ साउन : कोहलपुर क्षेत्रमा रहेका क्रियाशील, श्रमजिवी पत्रकारहरुको भेलाले कोहलपुरमा क्रियाशिल पत्रकार समुह तदर्थ समिति पुर्नगठन गरेको छ । भेलाले तदर्थ समितिमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेलाबाट समूहको अध्यक्षमा निर्मल आचार्य, उपाध्यक्ष सरला सुवेदी, महासचिवमा रबि रोकाया, कोषाध्यक्षमा रबिन्द्र सिंह ठकुरी, सचिवमा पवित्रा परियार र आरती कट्टेल चयन भएका छन् ।

यस्तै समतिको सदस्यहरुमा कृष्ण चौधरी, शुभाखर विश्वकर्मा, विवेक रेग्मी, कल्पना कार्की, धना केसी, बिजय परियार, प्रदीप आचार्य, कल्पना शाही, रामकृष्ण छिनाल चयन भएका छन् ।

कोहलपुर क्षेत्रमा कार्यरत क्रियाशील, श्रमजिवी पत्रकार र सञ्चारकर्मीहरु संगठित हुनुपर्ने आवाज उठिरहेकाले कोहलपुर क्षेत्रमा रहेका सञ्चारगृहमा कार्यरत पत्रकार र सञ्चारकर्मीहरुको भेलाले समूह चयन गरेको अध्यक्ष आचार्यले बताएक छन् ।

Kanti Aarogya Hospital Nepalgunj

भेलामा कोहलपुरका ३० जना क्रियाशील सञ्चारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । समूहले विशेष गरी सञ्चार प्रवद्र्वनमा केन्द्रित रहेर मोफसलका पत्रकार र सञ्चारकर्मीहरुका साझा समस्या समाधानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने बताइएको छ ।

सञ्चार क्षेत्रलाई बद्नाम हुने गतिविधी बढ्दै गइरहेकाले कोहलपुर क्षेत्रमा कार्यरत पत्रकार र सञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्ने गराउने वातावरण सिर्जना गर्ने पुर्नगठिन समुहका अध्यक्ष आचार्यले बताए ।

यस्तै सञ्चारकर्मीहरुको नाममा कहि कतै अनुचित गतिविधी भएको खण्डमा निगरानी गर्ने र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर आचारसंहिता विपरित हुने अनुचित गतिविधीहरु निरुत्साहित गर्ने समूहको उद्देश्य रहेको अध्यक्ष आचार्यले बताए ।

यसैबीच, कोहलपुर क्रियाशील पत्रकार समुहको भेलाले महासचिवको संयोजत्वमा तीन सदस्य विधान मस्यौदा समिति समेत चयन गरेको छ । समितिको संयोजकमा रबि रोकाय तथा सदस्यहरुमा शुभाखर विश्वकर्मा र रामकृष्ण छिनाल चयन गरिएको छ ।