File Photo
नेपालगन्ज २५ साउन : नेपाल पञ्चाङ निर्णयक समितिले साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ ।
शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह नराखी आफ्ना कृत्यहरु गर्न गराउन समितिले सबैलाई आग्रह गरेको छ ।
बिहीबार नै पूर्णिमा तिथि शुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ ।
यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेको समितिले स्मरण गराएको छ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश