युनियनले फिर्ता गर्‍यो मिडिया सेन्टरमा प्रयोग भएका सामाग्री


युनियनले फिर्ता गर्‍यो मिडिया सेन्टरमा प्रयोग भएका सामाग्री

नेपालगन्ज २५ साउनः स्थानीय तह निर्वाचन–२०७९का लागि जिल्लास्थित नेपाली काँग्रेसको मिडिया सेन्टरमा प्रयोग गरिएका सामाग्री फिर्ता गरिएको छ ।

जिल्लाका ८ वटै स्थानीय तहमा नेपाली काँग्रेस तथा गठबन्धनका उम्मेदवारलाई केन्द्रित गरेर नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा मिडिया सेन्टर सञ्चालन गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकास्थित निर्वाचन परिचालन समितिले उपलब्ध गराएको डेस्कटप कम्प्युटर युनियनले फिर्ता गरेको हो ।

निर्वाचन परिचालन समितिका संयोजक एवम् नेपाली काँग्रेसका महासमिति सदस्य डाक्टर सुरेशकुमार कनोडियालाई कम्प्युटर फिर्ता गरिएको हो ।

युनियन बाँकेका सचिव विजय मल्लले बुधबार डाक्टर कनोडियाका प्रतिनिधीलाई कार्यालयमै उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

स्थानीय तह निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न तथा मिडिया सेन्टर सञ्चालन गर्नमा आवश्यक समन्वय गर्ने सबैप्रति युनियन बाँकेले धन्यवाद समेत दिएको छ ।