राप्तीसोनारी(बाँके) २७ साउन : राप्तीसोनारी गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम ‘हाम्रो राप्तीसोनारी’ पाठ्यपुस्तक तयार गरेको छ ।
पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिइसकेको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार गाउँपालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा लागू गरिएको छ ।
पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उप–सचिव जितबहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयोजकत्वमा ३० सदस्यीय समितिले पाठ्यक्रम तयार पारेको हो ।
पुस्तकमा सात वटा विषय समेटिएको छ । शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेशा, व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापन पुस्तकमा समेटिएको बताए ।
उनले भने, ‘पुस्तकमा मुलभूत रूपमा गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरिएको छ ।’ आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले पाठ्यपुस्तक तयार पारिएको उनले बताए ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश