साद्गी र सरल विचारलाई अनुसरण गर्नु सुशीलप्रतिको सच्चा श्रद्धाञ्जली
नेपालगन्ज २८ साउन : नेपाली काँग्रेसका पुर्वसभापति तथा पुर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सादगी र सरल विचारलाई अनुशरण गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
स्वर्गीय कोइरालाको ८४ औं जन्मजयन्तीका अवसरमा सुशील कोइराला र आजको सन्दर्भ विषयक नेपाली काँग्रेस बाँकेले आयोजना गरेको विचार गोष्ठीमा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।
संविधानका पिता समेत रहेका कोइरालाकै नेतृत्वमा बनेको संविधान अहिले कार्यान्वयनको प्रक्रियामा रहेको र सिंगो देश समृद्धि र विकासतर्फ लम्किरहेको उनीहरुले बताए । स्वर्गीय कोइरालामा त्याग र निष्ठाको खानी रहेको बताएका थिए ।
यस्तै बोल्ने सहभागीले गठबन्धनका नाममा काँग्रेसका नेता कार्यकर्ताको भविष्य नै अन्यौलमा परेको भन्दै चिन्ता ब्यक्त गरे ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पुर्व जिल्ला सभापति एवम् पुर्वमन्त्री गजेन्द्र हमाल, काँग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कार्यसमिति सदस्यहरु, जिल्ला कार्यसमिति पदाधिकारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी, विभिन्न भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवम् प्रतिनिधीको सहभागिता रहेको थियो ।
सो क्रममा स्वर्गीय कोइरालाको फोटोमा माल्र्यापन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन जिल्ला सचिव सुधान्सु कोइरालाले गरेका थिए । काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीका अनुसार कार्यक्रममा ठुलो संख्यामा नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।