नागरिकता विधयेकबारे राष्ट्रपति कार्यालयसँग सूचना माग


नागरिकता विधयेकबारे राष्ट्रपति कार्यालयसँग सूचना माग

नेपालगन्ज २९ साउन : नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्बन्धमा सूचना माग गरिएको छ ।

नेपालगन्ज निवासी अधिबक्ताद्वय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आईतबार राष्ट्रपतिको कार्यालयसँग सूचना माग गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको हुँदा हालसम्म पनि राष्ट्रपतिबाट के कति कारणले उक्त विधयेक प्रमाणीकरण नगरिएको हो, त्यसको जानकारी र उक्त विधयेक कहिले प्रमाणीकरण हुने हो र कुन मितिमा हुने हो सोको पुर्ण रुपमा जानकारी पाउँ भनेर सूचना माग गरिएको हो ।

नेपालको संविधान धारा २७ अन्र्तगत सबैले थाहा पाउने अधिकार अन्र्तगत राष्ट्रपतिको कार्यालयका सूचना अधिकारीसमक्ष इमेलमार्फत सूचना माग गरिएको हो ।