‘आर्टिस्टिक द मेकअप स्टुडियो एण्ड एकेडेमी’ मा टिनएजर र ब्यूटिसियनहरु आकर्षित


‘आर्टिस्टिक द मेकअप स्टुडियो एण्ड एकेडेमी’ मा टिनएजर र ब्यूटिसियनहरु आकर्षित

नेपालगन्ज ३० साउन : नेपालगन्जमा सञ्चालित ‘आर्टिस्टिक द मेकप स्टुडियो एण्ड एकेडेमी’ ले पहिलो वर्षमै सयौं प्रशिक्षार्थीलाई आकर्षित गर्न सफल भएको छ ।

सौन्दर्य कलामा रुची राख्नेहरुलाई लक्षित गरि सञ्चालनमा ल्याईएको एकेडेमीमा टिनएजका यूवतीहरु र ब्यूटिसियनहरु आकर्षित भएका हुन् । पहिलो वार्षिक उत्सवका अवसरमा एकेडेमीले सोमबार एक कार्यक्रमको आयोजना गरि कोर्ष पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरेको थियो ।

दुई महिनाको कोर्ष हालै सम्पन्न गरेका ३० जना प्रशिक्षर्थीलाई वार्षिक उत्सवमा प्रमाण पत्र वितरण गरिएको मेकप स्टुडियो एण्ड एकेडेमीका सञ्चालक अरुणा चौधरीले जानकारी दिईन् । उनले भनिन् – ‘दैनिक प्रशिक्षार्थीहरु थपिदैँ गएका छन् र म आफ्नो कला बाँड्न पाईरहेकी छु ।’

पछिल्लो समय कलात्मक मेकअप बढी प्रचलनमा आएकोले नेपालगन्ज, कोहलपुर र बर्दियाको राजापुरसम्मका प्रशिक्षार्थीहरु एकेडेमीमा आउने गरेको उनले बताईन् ।

Kanti Aarogya Hospital Nepalgunj

मेकपलाई नै विशेष प्राथमिकता दिएर ब्यूटिसियन तालिम दिने उद्देश्यले नेपालगन्ज उपमहागरपालिका वडा नम्बर–२ न्यूरोडामा गत वर्ष मेकअप स्टुडियो एण्ड एकेडेमी सञ्चालनमा ल्याएको चोधरीले जानकारी दिईन् ।

यो मेकप स्टुडियो लुम्बिनी प्रदेशमै पहिलो भएको उनको दावी छ । ब्युटिसियन र मेकअप आर्टिस्टमा धेरै फरक रहेको बताउँदै उनले अहिले धेरै ब्युटिसियनहरु आफुकहाँ मेकअप सिक्न मात्र आउने गरेको बताईन् ।

‘एउटा ब्यूटिसियन मेकअप आर्टिस्ट होईन भने मेकअप आर्टिस्ट ब्यूटिसियन होईन ।’ उनले भनिन् –‘यो बिलकुलै फरक छ, अहिलेसम्म सबैको बुझाई ब्यूटिसियनलाई मेकअप आर्ट पनि हो भन्ने छ तर, जब म यो फरक हो र यसमा आफ्नो करियर स्थापित गर्न सकिन्छ भन्ने बुझेर मैले यहि विषयमा मास्टर्स गरेँ ।’ उनले आफूले हाँसिल गरेको दक्षता र सीपलाई प्रयोगमा ल्याउन पाउँदा खुशी ब्यक्त गरिन् ।

बेसिक लेभलबाट सुरु गरिने तालिम मास्र्टसम्मको कोर्स सिकाईने उनको भनाई छ । तालिममा आउने सबैलाई मेकअपका सामाग्री एकेडेमीले नै उपलब्ध गराईरहेको उनले जानकारी दिईन् ।

कार्यक्रममा शुभकामना मन्तब्य दिँदै एकेडेमीका निर्देशक पूर्ण चौधरीले सौन्दर्य कलामा युवा पीढिले आफै अग्रसर भएर उद्यमशिलताको बाटो रोज्नु सकारात्मक भएको बताए ।

यस्तै, कार्यक्रममा सहभागी प्रशिक्षार्थीले दुई महिनाको कोर्ष पूरा गरेर कलात्मक मेकअपलाई ब्यावसायीकरण गर्नसक्ने आत्मबाल बढेको बताएका थिए ।