जन्मदिनमा कल्पनाले गरिन् पत्रकार उदयलाई उपचार सहयोग


जन्मदिनमा कल्पनाले गरिन् पत्रकार उदयलाई उपचार सहयोग

नेपालगन्ज ३१ साउन : बाँकेमा सक्रिय सञ्चारकर्मी कल्पना कार्कीले मंगलबार परेको आफ्नो जन्मदिनका अवसरमा पत्रकार उदयराज जैसवालको उपचारमा सहयोग गरेकी छन् ।

उनले स्वरुप नगद ४ हजार एक सय ५५ रुपैयाँ सहयोग गरेकी हुन् । आफ्नो जन्मदिनमा कुनै फजुल खर्च नगर्ने घोषणा स्वरुप जति सकिन्छ हरेक वर्ष कुनै न कुनै ब्यक्तिलाई सहयोग गर्दै आएकोमा यसपटक पत्रकार जैसवाललाई उपचारमा सहयोग गरिएको कार्कीले बताएकी छन् ।

‘हुन त मेरो सानो सहयोगले धेरै केही नहोला, तर उहाँलाई केही सहयोग मिल्ने अपेक्षा गरेकी छु, मैले आफ्नो जन्मदिनमा कुनै फजुल खर्च नगर्ने घोषणा गरेकी छु र जति सकिन्छ हरेक वर्ष कुनै न कुनै ब्यक्तिलाई सहयोग गर्दै आएकी थिए, आफ्नो सक्ने सहयोग यो पटक मित्र उदयराज जैसवाल यति बेला लखनउमा उपचाररत रहनु भएको र हिजो नेपाल प्रेस युनियन बाँकेले सहयोग गरेको बिहान समाचार पढे निकै दुःख लाग्यो साथीको शीघ्र स्वास्थ्य लाभको कामना,’ उनले भनेकी छन् ।

कार्कीले उपलब्ध गराएको सहयोग रकम जैसवालका परिवारलाई हस्तान्तरण गरिने युनियन बाँकेले जनाएको छ । मस्तिष्कघात भएर उपचार गराईरहेका पत्रकार जैसवाललाई नेपाल प्रेस युनियन बाँकेले सोमबार आर्थिक सहयोग गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा सोमबार जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर–३ बनकट्टीस्थित बनकटवामा रहेको जैसवालको घरमै पुगेर युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले उनकी धर्मपत्नी रानी जैसवाललाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

पत्रकार जैसवालको एक महिना अघि स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि भारतको लखनउस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ । नेपाल प्रेस युनियनको साधारण सदस्य रहेका ३२ वर्षीय जैसवाल पत्रकारिता पेशामै आवद्ध रहेका छन् ।

पत्रकार जैसवालकी धर्मपत्नी रानी जैसवालले उपचार गर्न आर्थिक समस्या परेपछि जग्गा बेचेर भएपनि उपचार गराइरहेको बताएकी छन् । हालसम्म उपचारमा करिव १२ लाख रकम रुपैयाँ खर्च भइसकेको उनको भनाई छ । पत्रकार जैसवालको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्न युनियन बाँकेले अपील समेत गरेको छ ।

थप समाचार

मस्तिष्कघात भएर उपचाररार्थ पत्रकार उदयलाई प्रेस युनियन बाँकेको आर्थिक सहयोग