चलचित्र कृष्णलिला प्रर्दशन, पहिलो दिन दर्शकको घुइँचो


चलचित्र कृष्णलिला प्रर्दशन, पहिलो दिन दर्शकको घुइँचो

चलचित्र कृष्णलिला हेर्न आएका दर्शक । तस्विर सौजन्य: प्रदीप राजवंशी

नेपालगन्ज ३ भदौः नेपाली चलचित्र कृष्णलिला प्रर्दशनको पहिलो दिन दर्शकको घुइँचो लागेकोछ ।

बागेश्वरी चलचित्र मन्दिरले आफ्नो ३३ औं वर्ष र क्युएफएक्स सञ्चालनमा आएको ६ वर्ष पूरा गरेको अवसरमा प्रर्दशन गरिएको चलचित्र कृष्ण लिला हेर्न दर्शकको घुइँचो लागेको हो ।

उक्त चलचित्र अवलोकन गर्न ठुलो संख्यामा पत्रकार, नागरिक अगुवा, प्रशासक, सुरक्षाकर्मी, कर्मचारी, उद्योगी, ब्यवसायी, साहित्यकार लगायतको उपस्थिती रहेको थियो ।

लक्ष्मण सुवेदीले लेखेको उक्त चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका छन् । श्रद्धा क्षेत्री सारा, पुष्पबहादुर खड्का लगायतको मुख्य अभिनय रहेको उक्त चलचित्रले समाजको वास्तविक कथालाई चित्रण गरेको दर्शकले प्रतिक्रिया दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बागेश्वरी चलचित्र मन्दिरमा सञ्चालित क्युएफएक्सका प्रबन्ध निर्देशक सञ्जिवमान शाक्यले चलचित्र कृष्णलिला हेर्न दर्शकको घुइँचो लागेको बताए ।

बागेश्वरी चलचित्र मन्दिर र क्युएफएक्सको वार्षिक उत्सवको अवसरमा नेपालगन्जमा पहिलो पटक प्रर्दशनमा आएको उक्त चलचित्रले दर्शकको मन जित्न सफल हुने उनको विश्वास छ ।

‘कृष्ण जन्माष्टमी पर्वको अवसर पनि परेको हुनाले यो चलचित्र हेर्ने दर्शकहरु धेरै आउनु भएको छ,’ उनले प्रतिक्रिया दिदैँ भने ।