टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु

नेपालगन्ज। लगातार भएको वर्षाका कारण देशभरिका विभिन्न सडकहरू अवरुद्ध भएका छन्। काठमाडौं जाने मुख्य राजमार्ग, बिपी, पृथ्वी र कान्ति राजमार्ग, सिद्धार्थलगायत देशभरिका राजमार्ग तथा सडकहरू अवरुद्ध भएका छन्। बाढी पहिराका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिका विभिन्न जिल्लाहरूमा बाटाहरू अवरुद्ध छन्। 

लुम्बिनीका दाङ, गुल्मी, पाल्पा, रोल्ला, अर्घाखाँची त्यस्तै कर्णालीका सल्यान, कालिकोट, हुम्ला, मुगु तथा सूदूरका डोटी, बाजुरा, दार्चुलालगायतका जिल्लाहरूमा पनि विभिन्न सडकहरू अवरुद्ध भएका छन्। 

825266912_1726772026122895_7648504302920782098_n-1790575246.jpg
825351053_1726771996122898_898187767524120681_n-1790575270.jpg
825267705_1726771959456235_8745025655909111425_n-1790575293.jpg
नेपाल प्रहरीका अनुसार चितवन जिल्ला तथा आसपासका क्षेत्रमा सम्भावित बाढी–पहिरोको जोखिमका कारण यही ८ गते दिउँसो १४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरूको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

यही ९ गते बिहान ७ बजेदेखि धादिङ जिल्ला तथा आसपासका क्षेत्र भई चल्ने पृथ्वीराजमार्ग सडक खण्डमा बाढी–पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सम्पूर्ण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० पानीधारामा पहिरो गएकाले उक्त खण्ड भने पूर्ण रूपमा अवरुद्ध बनेको छ।

बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, वडा नं। ३ गौमतीखोला, र गजुरी गाउँपालिका वडा नं. २ चालिसे तथा परेवाभिरमा पहिरो खसेका कारण राजमार्ग एकतर्फी सुचारु रहेको छ। 

लितपुर जिल्लास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहान ०६ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। 

बागमती गाउँपालिका वडा नं. ३ टाकुर्चेमा पहिरो खस्दा असोज ११ गते राति ३ः४० बजे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हालसम्म पनि उक्त खण्डहरूमा यातायात सञ्चालन हुन सकेको छैन।