नेपालगञ्ज। प्रहरीले ३ ग्राम ४५० मिलिग्राम लागू औषध (ब्राउन सुगर) सहित नेपालगञ्जबाट ६ जनालाई नियन्त्रणमा लिएको छ।
नेपालगञ्ज उपमहानगरपालिका-१९ कन्ठिपुरस्थित चक्रे वि.क.को घरमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको संयुक्त टोलीले असोज १२ गते चक्रे वि.क.को घरमा रितपूर्वक खानतलासी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला पारेको हो।
पक्राउ पर्नेहरूमा बाँके नेपालगञ्ज-१९ का ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, ३२ वर्षीय चक्रे वि.क. र २० वर्षीय बबिराम रोका मगर रहेका छन्। त्यसैगरी बर्दिया गुलरिया-१ का ४८ वर्षीय राजेन्द्र कुमाल र कैलाली चुरे गाउँपालिका-३ का २४ वर्षीय महेश मल्ललाई पनि प्रहरीले सोही स्थानबाट पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल र नगद ७ हजार २३० रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ परेका सबैहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व