नेपालगञ्ज। प्रहरीले ३ ग्राम ४५० मिलिग्राम लागू औषध (ब्राउन सुगर) सहित नेपालगञ्जबाट ६ जनालाई नियन्त्रणमा लिएको छ।
नेपालगञ्ज उपमहानगरपालिका-१९ कन्ठिपुरस्थित चक्रे वि.क.को घरमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जको संयुक्त टोलीले असोज १२ गते चक्रे वि.क.को घरमा रितपूर्वक खानतलासी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला पारेको हो।
पक्राउ पर्नेहरूमा बाँके नेपालगञ्ज-१९ का ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, ३२ वर्षीय चक्रे वि.क. र २० वर्षीय बबिराम रोका मगर रहेका छन्। त्यसैगरी बर्दिया गुलरिया-१ का ४८ वर्षीय राजेन्द्र कुमाल र कैलाली चुरे गाउँपालिका-३ का २४ वर्षीय महेश मल्ललाई पनि प्रहरीले सोही स्थानबाट पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल र नगद ७ हजार २३० रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ परेका सबैहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्।
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू