हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता

काठमाडौं। मनाङको हिमलुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये चारजनाको शव भेटिएको छ। 

सम्पर्कविहीन भएका अरु १२ जनाको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ। मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङको सदरमुकाममा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिए। 

हिम पहिरोमा परेका भनिएका ११ जना सकुशल सदरमुकाम पुगेका छन्। 

उद्धार टोली हेलिकोप्टरबाट सम्भावित क्षेत्रमा परिचालित भएको र सोमबार अपरान्हसम्ममा केही अपडेट दिन सकिने उनले बताए। 

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सदरमुकामबाट सोमबार बिहान दुईवटा शव पोस्टमार्टमको लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको र दुई जनाको शव सदरमुकाममा राखिएको जानकारी दिए। 

बेस क्याम्प निर्माण, डोरी टाँग्नेसहितका कामका लागि गएका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन्।  

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन ९एनएनएमजीए० का अनुसार सोमबार फेला परेका वीरेन्द्र गुरुङ र घनश्याम राईको शवसहित यसअघि आइतबार फेला परेका छेबी भोटे र पासाङ भोटेको शव गरी ४ जनाको पहिचान खुलेको हो।