याे सांकेतिक तस्विर एआई जेनेरेटेड हाे।
नेपालगन्ज। बाँकेका एकजना निर्माण व्यवसायीलाई ‘हनी ट्र्याप’मा पारेर लाखौं पैसा असुल्ने एकजना महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ। रामेछापको गोकुलगंगा गाउपालिका(२ घर भइ काठमाडौंको सुकेधारामा डेरा लिइ बस्ने सविता श्रेष्ठले ती व्यवसायीसँग सम्बन्ध राखेर लामो समयदेखि ब्ल्याकमेलिङ गर्दै पैसा असुल गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रतीतसिंह राठौरका अनुसार बाँके बैजापुर निवासी २३ वर्षीय ती निर्माण व्यवसायी र ती महिलासँग २०८१ सालदेखि सम्बन्ध रहँदै आएको थियो। ३० वर्षीय ती महिलाले यी पुरुषसँग २० लाख रुपैयाँभन्दा धेरै रकम असुलिसकेकी थिइन्।
प्रहरीका अनुसार दुईबीच शारिरीक सम्बन्ध पनि थियो। सुरु सुरुमा प्रेममा परेका उनिहरू पछि शारिरीक सम्बन्धसम्मै पुगे। त्यसपछि महिलाले पुरुषलाई विभिन्न मुद्दामा फसाइदिने धम्की र डर(त्रास देखाएर पटक(पटक नगद तथा जिन्सी सामान असुल गरेको प्रहरीले जनाएको छ।
ती महिलालाई प्रहरीले असोज ५ गते नियन्त्रणमा लिएको थियो। त्यसअघि उनि फरार थिइन्।
प्रवक्ता राठौरका अनुसार पक्राउ परेकी श्रेष्ठमाथि थप अनुसन्धान अघि बढाइएको छ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व