याे सांकेतिक तस्विर एआई जेनेरेटेड हाे।
नेपालगन्ज। बाँकेका एकजना निर्माण व्यवसायीलाई ‘हनी ट्र्याप’मा पारेर लाखौं पैसा असुल्ने एकजना महिलालाई बाँके प्रहरीले पक्राउ गरेको छ। रामेछापको गोकुलगंगा गाउपालिका(२ घर भइ काठमाडौंको सुकेधारामा डेरा लिइ बस्ने सविता श्रेष्ठले ती व्यवसायीसँग सम्बन्ध राखेर लामो समयदेखि ब्ल्याकमेलिङ गर्दै पैसा असुल गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रतीतसिंह राठौरका अनुसार बाँके बैजापुर निवासी २३ वर्षीय ती निर्माण व्यवसायी र ती महिलासँग २०८१ सालदेखि सम्बन्ध रहँदै आएको थियो। ३० वर्षीय ती महिलाले यी पुरुषसँग २० लाख रुपैयाँभन्दा धेरै रकम असुलिसकेकी थिइन्।
प्रहरीका अनुसार दुईबीच शारिरीक सम्बन्ध पनि थियो। सुरु सुरुमा प्रेममा परेका उनिहरू पछि शारिरीक सम्बन्धसम्मै पुगे। त्यसपछि महिलाले पुरुषलाई विभिन्न मुद्दामा फसाइदिने धम्की र डर(त्रास देखाएर पटक(पटक नगद तथा जिन्सी सामान असुल गरेको प्रहरीले जनाएको छ।
ती महिलालाई प्रहरीले असोज ५ गते नियन्त्रणमा लिएको थियो। त्यसअघि उनि फरार थिइन्।
प्रवक्ता राठौरका अनुसार पक्राउ परेकी श्रेष्ठमाथि थप अनुसन्धान अघि बढाइएको छ।
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए