नेपालगन्ज ७ भदौः शहरी विपद तथा भूकम्पीय पुर्वतयारी परियोजना(सुपर) अन्तरगत नेपालगन्जमा सरोकारवालासँग अन्तरक्रिया गरिएकोछ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा सोमबार ‘सुपर’ अन्तरगत अग्नि नियन्त्रण उपकरण, जनशक्ति तथा सेवा प्रवाह सम्बन्धमा सरोकारवालासंगको समन्वयात्मक बैठक तथा क्षमता विश्लेषण गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको हलमा भएका उक्त कार्यक्रममा रेडक्रसका तर्फबाट जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले परियोजनाको उद्देश्यमाथी प्रकाश पारेका थिए ।
सो क्रममा नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज विमानस्थल कार्यालयको बारुण यन्त्र शाखामा कार्यरत अग्नी नियन्त्रक, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीले अग्नी नियन्त्रणमा नेपालगन्जको असल अभ्यासहरु, स्रोत तथा जनशक्ती ब्यवस्थापनको अवस्था, चुनौती र कठिनाई, सरोकारवालाको भूमिका विषयक प्रस्तुतीकरण गरिएको ‘सुपर’का परियोजना कोर्डिनेटर शिव सुवेदीले जानकारी दिए ।