महिला सहभागिताका कारण थुप्रै राम्रा र नतिजामुखि कार्य भएकोछ : घिमिरे

महिला पत्रकारले खाए तिजको दर


महिला सहभागिताका कारण थुप्रै राम्रा र नतिजामुखि कार्य भएकोछ : घिमिरे

नेपालगन्ज ७ भदौ : डिभिजन वन कार्यालय बाँकेकी सहायक वन अधिकृत ज्योती घिमिरेले वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या निकै कम भएको बताउँदै प्रत्येक अभिभावकहरुले छोरीहरुलाई वन विज्ञानको विषय पढाउनका लागी सुझाव दिएकी छन् ।

सञ्चारिका समूह बाँकेद्वारा आयोजित वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया तथा दर कार्यक्रममा अधिकृत घिमिरेले यस्तो सुझाव दिएकी हुन् । उनले महिलाहरुलाई कही कतै प्रमुख पद दिएईएता पनि निर्णायक भूमिका पुरुषहरुको नै रहने गरेको उल्लेख गरिन् ।

प्रमुख अथिति समेत रहेकी सहायक वन अधिकृत घिमिरेले आफुु बाँकेमा आएको ४ वर्ष भएको बताउँदै यो अवधीमा महिला पत्रकारहरुसँग भेटघाट हुन नपाएको बताईन् ।

‘म सहायक वन अधिकृत भएर बाँकेमा आएको ४ वर्ष भयो तर, यो अवधीमा मेरो भेट कुनैपनि महिला पत्रकारसँग हुन सकेन, तर आज कार्यक्रममा उपस्थित महिला पत्रकारको उपस्थितीले उर्जा थपेकोछ ।’ उनले भनिन् ।

Kanti Aarogya Hospital Nepalgunj

वन कार्यालयले गर्ने गतिबीधिहरुका बारेमा जानकारी दिदैँ सहायक वनअधिकृत घिमिरेले महिला पत्रकारहरुको सक्रियता र सहकार्य बढाउन महिला पत्रकारलाई आग्रह गरिन् ।

सहायक वन अधिकृत घिमिरेले बाँकेमा वन कार्यालयले वन तथा वातावरण संरक्षणका विषयमा राम्रो काम गरेको बताउँदै बाँकेमा सबैभन्दा धेरै वनको भू–भाग प्रतिशतका हिसाबले बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको र जीरो प्रतिशत वनको भू–भाग जानकी गाउँपालिकामा रहेको जानकारी दिईन् ।

महिला सहभागिताका कारण थुप्रै राम्रा र नतिजामुखि कार्य भएकोछ । पर्यावरण जोगाउन प्रत्येक नागरिकको भूमिका अह्म रहेको बताउँदै उनले वन कार्यालयले उपलब्ध गराउने निःशुुल्क बोटविरुवा उब्जनी हुन नसक्ने जमिनमा वृक्षरोपण गर्न आग्रह गरिन् ।

कुनैपनि क्षेत्रमा महिलाहरु आर्थिक रुपमा सबल सक्षम हुनु पर्नेमा जोड दिँदै सहायक वन अधिकृत घिमिरेले वन तथा वातावरण संरक्षणका लागी सञ्चार माध्यम र सञ्चारकर्मीहरुको भूमिका पनि अत्यन्तै महत्वपुर्ण भएको धारणा राखिन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले वन तथा वातावरणका विषयमा समाचार लेखनका लागी वन कार्यालयले महिला पत्रकारहरुलाई पनि समेटेर लैजान आग्रह गरेकी थिईन् ।

त्यसैगरी कार्यक्रममा सहभागि नेपाल प्रेस युनियनका बाँकेका अध्यक्ष अर्जुुन ओलीले वन तथा वातावरणका विषयमा महिला पत्रकारहरुलाई सक्रियताका साथ कलम चलाउन सुझाव दिएका थिए । अध्यक्ष ओलीले पछिल्लो समय पत्रकारिताबाट महिला पत्रकार पलायन हुने अवस्था देखिदै आएकोले महिला पत्रकारको सक्रियता, क्रियशिलता बढाउने खालका गतिविधि गरिनुपर्ने बताए ।

यस्तै कार्यक्रममा सहभागी प्रेस चौतारी नेपाल बाँकेका उपाध्यक्ष रेजिना मल्लले वन कार्यालयसंग महिला पत्रकारहरुले आगामी दिनहरुमा समन्वय गरेर काम गर्ने बताईन । उनले सञ्चारिकाले सहयोगी भूमिका खेलेको भन्दै आयोजकलाई धन्यबाद दिंदै वन, वातावरण र वन्यजन्तुका विषयमा कलम चलाउन महिला पत्रकारहरुलाई आग्रह गरेकी थिईन् ।

सो क्रममा बोल्ने वक्ताले वन तथा वातावरण संरक्षणमा पत्रकार महिलाको भूमिका र हरितालिका तीज पर्वको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रम सञ्चालन सञ्चारिका समुहकी सचिव पवित्रा परियारले गरेकी थिइन् ।

सञ्चारिका समुह बाँकेकी अध्यक्ष रुपनी जिएमको अध्यक्षतामा भएको उक्त कार्यक्रम समापनसंगै तिज विशेष कार्यक्रम गरिएको थियो । नेपालगन्ज र कोहलपुर क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका बाँकेका महिला पत्रकारहरुको बाक्लो उपस्थितीमा दर खाँदै एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।