नेपालगन्ज ८ भदौ : तिज आउन जम्माजम्मी ६ दिन बाँकी रहँदा बाँकेमा तिजको रौनकता छाएको छ । योसंगै जिल्लाका विभिन्न स्थानहरुमा तिज विशेष कार्यक्रम दिनहँु जसो हुने गरेका छन् ।
हिन्दू नारीको महान चाड हरितालिका तिज आउन अब एक साता पनि बाँकी नहुँदा बाँकेको माहोल तिजमय बन्दै गएको हो ।
बाँकेका बजार तथा फेन्सी पसलहरुमा तिजका सामाग्रीले भरिएका छन् । साथै तिजको अवसरमा जिल्लामा अवस्थित विभिन्न संघसंस्था, राजनीतिक दल, पत्रकारका संघसंगठन, आमा समुहरु, सहकारी तथा समुहरुहरुले तिजगीत गाउने, दर खाने कार्यक्रम गरिरहेका छन् ।

यसैगरी विभिन्न शिर्षकमा तिजगीत र नृत्य प्रस्तुत गर्ने गरी प्रतियोगिताहरु पनि भैरहेका छन् । यसपाली विगत भन्दा कम रौनकता देखिएको भएपनि तिजको माहोल तेज बन्दै गएको छ ।
तिज लक्षित बाँकेमा बुधबार एक दर्जन बढि कार्यक्रम भए । नेपाली काँग्रेस बाँकेले पार्टी कार्यालयमा तीज मिलन तथा दर कार्यक्रम ग¥यो ।
तीज मिलन तथा दर कार्यक्रमका संयोजक एवम् जिल्ला सहसचिव रेनुसिंह ठाकुरको सभापतित्वमा भएको तिज कार्यक्रममा सहभागी नेता तथा नेतृहरुले हिन्दू नारीहरुको महान पर्व तिजले एकता, सद्भाव र सम्बृद्धि स्थापित गरोस् भन्ने शुभकामना दिएका थिए ।

काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नारीहरुको सुखदुःख बिसाउने र एक आपसमा शुभकामना साटासाट गरेर मनाइने तिज पर्वले स्नेहिता प्रदान गरोस् भन्ने शुभकामना दिए । यस्तै पार्टी सभापति नारायण प्रसाद गौडेलले यस्ता पर्वहरुले एक आपसमा भेटघाट गराउने र एकता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यस्तै क्रियाशील पत्रकार महिला समुहको आयोजनामा ‘पत्रकारितामा क्रियाशीलता, हाम्रो निरन्तरता’ नाराका साथ शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भयो । समुहकी कार्यबहाक अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि नमुनाले समाजमा अझैं महिलामाथि थुप्रै समस्या रहेकाले पहिला महिला स्वयम सक्षम भए मात्र समाज परिर्वतन हुने बताइन् । नेपालगन्ज उपमहानगरपालिकाकी निर्वतमान उपमेयर उमाथापा मगरले बदलिँदो परिवेसमा परम्परागत मौलिकता झल्किने गरि तिज मनाउन जोड दिइन् ।
समुहकी सचिव करुणा शाहले स्वागत गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकका उपाध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, पूर्व अध्यक्ष निरज गौतम, नेपाल प्रेस युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन बाँके शाखा अध्यक्ष अर्जुन ओली, समुहकी संस्थापक अध्यक्ष अछरी पोखरेल, निर्वतमान अध्यक्ष अमृता केसी, सञ्चारीका समुह बाँकेकी अध्यक्ष रुपनी जिएम, ठकुरी पत्रकार समाज नेपालकी उपाध्यक्ष निशा शाह लगायतले भड्किलो तिज भन्दा नि आफ्नो दक्षताअरुपम मौलिक साँस्कृतिक परम्परा संरक्षण र सम्बद्र्धन हुने गरि तिज मनाउनुपर्नेमा जोड दिएका थिए ।
बुधबार बाँकेमा नेपाल स्वास्थ्यकर्मी संघ, जिल्ला कार्यसमिति, स्थायी बसोबास दैलेख रही बाँकेमा बस्दै आएका दैलेखीहरुको समुह दैलेखी समाज नेपाल कोहलपुरको फुलबारी कृषि सहकारी संस्था लगायतले तिज मिलन तथा दर खाने कार्यक्रम गरेका हुन् ।
